शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले वडाका विपन्न, अपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
वडाले ६४ जना विपन्न, अपाङ्ग नागरिकको घरैमा गएर हर्लिक्स लगायत पौष्टिक आहार वितरण गरेको हो ।
वडाका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए ।
वडाले अशक्त अपाङ्ग भएका नागरिकहरु वडा कार्यालयसम्म आउन समस्या भएकाले घर घरै गएर सामाग्री वितरण गरेको वडाध्यक्ष प्रसाईको भनाई छ । शिवसताक्षीको वडा नं. ४ मा अधिकांश आदिबासी समुदायहरुका बासोबास रहेको छ । त्यहाँका नागरिक विपन्न र अशक्त छन् । वडाले त्यस्ता नगारिकलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












