बिर्तामोड । झापाको अर्जुनधारामा श्रीमान् अर्कै युवतीको कोठामा गएको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा एक युवतीको ज्यान गएको छ ।
श्रीमतीले आफ्ना साथीहरूसँग मिलेर गरेको सामूहिक कुटपिटबाट २२ वर्षीया गंगा राईको मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा श्रीमान्–श्रीमतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
रिसको आवेगमा सुस्मिताले आफ्ना साथीहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुन्दासलाई लिएर गंगाको कोठामा पुगेकी थिइन् ।
तर, उपचारकै क्रममा बुधबार बिहान १ः२० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । प्रहरीले कुटपिट भएको र महिलाले घटनापछि आत्महत्या प्रयास गरेको हुन सक्ने देखिएको जनाउँदै पोस्टमार्टम रिपोर्टपछि मात्रै थप खुल्ने जनाएको छ ।
प्रहरीले सुस्मिता, उनका श्रीमान् रमेश भुसाल र कुटपिटमा संलग्न अन्य चार महिलालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । मृतक राईको शव हाल बिर्तासिटी अस्पतालमा राखिएको छ ।












