झापा । झापाको बाह्रदशी गाउँपालिकामा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

असार २५ गते मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा घाइते भएकी कचनकवल–३ डाकुपारा बस्ने २७ वर्षीया उर्मिला राजवंशीको आज बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त दुर्घटनामा स्कुटर चालक ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ७ वर्षीय नाति आयुष राजवंशी र भारत किशनगंजका मोटरसाइकल चालक २७ वर्षीय सुरज टुडूको घटनाको दिनमै मृत्यु भएको थियो। दुर्घटना बाह्रदशी–१ खयरबारीस्थित भित्री सडकखण्डमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0