जनकपुरधाम । सिरहा जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्।
दिउँसो साढे ३ बजेतिर कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा उत्पन्न विवादले झडपको रूप लिएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) चेतराज बरालले जानकारी दिए।
उनका अनुसार झडपमा परी घाइते भएका कैदीहरूको अहिले प्रादेशिक अस्पताल, सिरहामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सुरक्षालाई कडाई गरिएको सहायक प्रजिअ बरालले बताएका छन्।
कारागार प्रशासनले झडप नियन्त्रणमा लिन तुरुन्तै थप सुरक्षाकर्मी परिचालन गरेको थियो। घटनापछि कारागारमा तनावपूर्ण स्थिति बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












