/fi6«klt e08f/L – ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ hg;ªVof tyf jftfj/0f dGqfnon] ljZj jftfj/0f lbj;sf] cj;/df cfof]hgf u/]sf] ljz]if ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्थामा नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने स्पष्ट पार्नुभएको छ।

आज भंगालमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सक्रिय राजनीतिमा फर्कने भन्ने विषयलाई लिएर कोही डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो। “म सक्रिय राजनीतिमा आउँछु भनेर कोही भयभीत हुनु पर्ने आवश्यकता छैन,” उहाँको भनाइ थियो।

उहाँले आफ्नो पक्षमा बोलेका व्यक्तिहरूमाथि दवाब सिर्जना गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। त्यस्ता क्रियाकलाप तत्काल बन्द हुनुपर्नेमा जोड दिँदै उहाँले विचार राख्ने स्वतन्त्रता सबै नागरिकको अधिकार भएको उल्लेख गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीको यो अभिव्यक्तिलाई नेपाली राजनीतिक वृत्तमा विशेष रूपमा हेरिएको छ, जहाँ उहाँको सक्रियता पुनः चासोको विषय बन्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0