कनकाई । झापा जिल्ला कनकाई नगरपालिका–४ स्थित बाडुले बजार नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज विहान बाडुले बजारदेखि करिब १०० मिटर पश्चिम रहेको बाटोको छेउमा अन्दाजी ६५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।

प्रहरीका अनुसार मृतक झापा शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई नगरपालिका–४ मा बसोबास गर्दै आएका चन्द्र शिवाकोटी रहेको खुलेको हो। उनी डिल्लीराम शिवाकोटीका छोरा हुन्।

हाल शव घटनास्थलमै रहेको र घटनाको प्रकृति र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0