झापा । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालय झापाद्वारा कार्यान्वयन भएका योजनाहरुको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायी आन्दोलित भएका छन्।

पछिल्लो समय भुक्तानी नपाएर आर्थिक संकटमा परेका निर्माण व्यवसायीहरुले आज प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बक्यौता भुक्तानी गर्न माग गरेका छन्।

निर्माण व्यवसायी संघ झापाको अगुवाइमा अध्यक्ष रमेश अधिकारी नेतृत्वको टोलीले मुख्यमन्त्रीको विराटनगरस्थित कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो। उक्त टोलीमा संघका प्रथम उपाध्यक्ष केदार गिरी, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेलसहित विभिन्न पदाधिकारी र निर्माण व्यवसायीहरुको उपस्थिति थियो।

संघका अनुसार केही योजनाका काम सम्पन्न भई आर्थिक वर्ष २०७९/८० को असार २४ गतेभित्र बील पेश गरिए पनि भुक्तानी रोकिएको छ भने केही योजनाको काम सम्पन्न भइसकेको भए पनि सम्बन्धित कार्यालयले नापजाँच नगर्दा अन्तिम बील तयार हुन सकेको छैन।

कोषाध्यक्ष यज्ञनिधि भुर्तेलका अनुसार पटक–पटक मुख्यमन्त्री, मन्त्रालय र कार्यालयमा ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक कुनै ठोस परिणाम नआएको गुनासो व्यवसायीहरुको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0