झापा । विर्तामोड नगरपालिका–७ का युवा कृषक प्रदीप खनालले स्थापना गरेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० केजी बोडी उत्पादन भइरहेको छ।

फार्ममा उत्पादन भएको बोडी विर्तामोड नगरपालिकाले सञ्चालन गरेका सुपथ मूल्यका सातवटा पसलमा बिक्री हुने गरेको छ।

खनालले १६ कट्ठा जग्गामा बोडीखेती गरेका छन् भने बाँकी २९ बिगाहामा धान, तरकारी र फलफूल खेती गर्दै आएका छन्। हाल आठ कट्ठामा बोडी फलेको छ भने आठ कट्ठामा फल लाग्ने तयारीमा छ।

“बजारमा मूल्य घटे पनि नगरपालिकाले तोकेको रु ३० प्रतिकेजी समर्थन मूल्यमा बेच्न पाइने भएकाले जोखिम छैन,” खनालले भने।

सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट खेती सुरु गरेका खनालको फार्मबाट अहिले वार्षिक झन्डै रु एक करोड मुनाफा हुने गरेको छ। फार्ममा २५ जनालाई प्रत्यक्ष रोजगारी र अन्य दर्जनौँलाई सिजन अनुसारको काम मिलेको छ।

नगरपालिकाले ‘पारिको होइन वारिको’ अभियानअन्तर्गत भारतबाट तरकारी आयात न्यूनीकरण गरी आत्मनिर्भरता बढाउने प्रयास गरिरहेको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0