झापा । झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्टेन्डबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुबास ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीको भिमान नगरपालिका–१० बस्ने २६ वर्षीय विनोद बि.क. र झापाको झापा गाउँपालिका–३ की २४ वर्षीया प्रमकला महता रहेका छन्।

प्रहरीले उनीहरूलाई तीन वटा प्लास्टिक पोकामा राखिएको करिब ३०६ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय सुरुङ्गामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0