भद्रपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भद्रपुर–८ मा निर्माणाधीन मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ।

प्रदेशस्तरमै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको खेलमैदानको प्रारम्भिक काम सम्पन्न भइसकेको छ। हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको र ८ हजार दर्शक अट्ने क्षमता बनाउने लक्ष्य रहेको क्लबले जनाएको छ।

मुख्यमन्त्री कार्कीले परियोजनाको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न सुझाव दिनुभयो।

अवलोकनमा क्लब अध्यक्ष आदित्य पराजुली, वडा अध्यक्ष मनोज सुब्बा, खेलकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0