धनगढी । बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको हत्या भएको छ । बौनिया बजारस्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्दै आएका बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदले सेजुवालको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

सेजुवाल त्यही होटलमा वेटरको रूपमा काम गर्थिन् भने साउद कुक थिए । दुई जनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । शनिबार भान्छामा काम गर्ने क्रममा विवाद हुँदा साउदले सेजुवालको घाँटीमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते सेजुवाललाई उपचारका लागि निसर्ग अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन सकिएन ।

साउदले विवाहको आश्वासन दिए पनि सेजुवालले अन्य केटासँग कुराकानी गर्ने गरेको भन्दै रिसको झोंकमा हत्या गरेको प्रहरीलाई बताएका छन् । साउद इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन् भने मृतकको शव सेती प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0