काठमाडौंसाउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड बनाएका छन् । आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७०० जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गए राति भएको खेलमा अल–राइडलाई २–१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७०० खेल जित्ने पहिलो खेलाडी बने ।

३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए । उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल–नासारबाट ६६ खेलमा जित निकाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0