शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित श्री मैनाचरी प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवराज राई सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको अभिभावकहरुको भेलाले राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

जसको सदस्यहरुमा कमला कुमारी लामा, बलराम राई, रेखा फुयल, अस्विन धिताल र प्रतिक्षा भुजेल रहेका छन् ।

त्यस्तै शिक्षक प्रतिनिधिका रुपमा गौरीमाया दाहाल, पदेन सदस्य वडाध्यक्ष बहादुर आङ्गबो र सदस्य सचिव प्रधानाध्यापक रामप्रसाद मण्डल रहेको मैनाचरी प्राविले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0