काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको  उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

आन्दोलनका क्रममा गम्भीर घाइते भएका ती प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेहरूको विवरण प्राप्त भएको छ। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछिल्लो विवरण अनुसार संख्या १४ पुगेको हो।

मृतकमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना रहेका छन्। घाइतेहरूको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0