नेपालमा भ्रष्टाचार र सरकारको नया नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्ट्राग्राम, ह्वाटसप,ट्वीटर, युटुभ लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध बिरुद्दमा भन्दै जेन जी (Gen z) पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो।
मुलतः दुई दलिय अप्राकृतिक गठबन्धनबाट निर्माण भएको सन्काहा शासक खड्ग प्रसाद ओलीको निरङ्कुश सरकार अपदस्थ भयो । जिन जीको समर्थनमा नेपालको पहिलो महिला प्रधान न्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भै प्रतिनिधि सभा बिघटन र फागुन २१ गते निर्वाचन मिति घोषणा भयो।
– के हो gen-z पुस्ताको आन्दोलन ?
सन् १९९७ देखी २०१२ सम्म जन्मिएका मानिसको युवा पुस्ता जिन जि (generation z) पुस्ता हो। सूचना प्रविधि, इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै जन्मिएका, हुर्किएका र सक्रिय भएका यस पुस्ताको आन्दोलन अभियान नै जिन जी आन्दोलन हो।
प्रविधिको दृष्टिकोणमा पुस्तालाई ५ भागमा विभाजन गरिएको छ।
१. Gen- x पुस्ता:- १९६५ देखी १९८० सम्म जन्म जन्मिएका र रेडियो, टि भि, कम्प्युटरसँग जानकार पुस्ता।
२. Gen- y पुस्ता:- सन् १९८१ देखी १९९७ सम्म जन्मिएका र इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल प्रति परिचित पुस्ता।
३. Gen- z पुस्ता:- सन् १९९७ देखी २०१२ सम्म जन्मिएका र YouTube, TikTok, instragram, whatsApp सँगै हुर्किएका पुस्ता।
४. Gen- अल्फा:- सन् २०१३ देखी २०२४ सम्म जन्मिएका र YouTube, TikTok, instragram, whatsApp प्रविधिमै जन्मिएका हुर्किएका पुस्ता।५. Gen- विटा:- सन २०२५ देखी २०२९ सम्म जन्मने र AI र Robet संग हुर्कने र घुलमिल हुने पुस्ता ।
जेनजी पुस्ताले- विश्वमा सन २०२४/२०२५ मा केन्या, मङ्गोलिया, सर्विया, इन्डोनेसिया, माली, युक्रेन, फ्रान्स आदी देशमा भ्रष्टाचार, आर्थिक असमानता, महंगी, अलोकतान्त्रीक शासन, जलवायु परिवर्तन विरुद्ध आवाज उठाएको, आन्दोलन र अभियान चलाएको पाइन्छ।
– जेनजी आन्दोलनको नकरात्मक पक्ष
१.नेतृत्व विहिन आन्दोलन हुदा आन्दोलनको वैधतामा प्रश्न उठ्ने,
२. जनसमर्थन कमजोर पार्न आन्दोलनमा घुसपैठ हुने खतरा
३. आन्दोलन हिंसात्मक, चरमउत्कर्ष र अव्यवस्थित भै भबिष्यमा के गर्ने भन्ने योजना र कार्यक्रमको अभाव हुने जस्ता नकारात्मक प्रभाव छ।
-नेपालमा जेनजी आन्दोलन
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध जिन जी पुस्ताले २०८२ भाद्र २३ गते शुरु गरेको सडक आन्दोलनले संसद भवन कब्जा गर्न जादा प्रहरीसंग मुठभेड भयो। युवाहरु एउटी आमाले जन्माईन अब देश आमाको लागी छातीमा गोली खान तयार छौ भन्दै सडकमा उत्रीए, हतियार बोक्ने संग कलम बोकेर आएकाको केही जोर चलेन, १९ जना युवाहरू शहीद भए ।
भाद्र २४ गते दोस्रो दिन सामाजिक सञ्जाल खुल्ला भए पछी जेनजी आन्दोलनको भिडियोहरू भाइरल भै सडकमा जेनजी हरुको ओइरो लाग्यो। पब्जी, फ्रिफायर जस्ता मोवायल गेमहरुमा लडाई गर्ने, आगो लगाउने, बन्दुक चलाउने गेम खेल्ने जेनजीहरु निडरतापुवक आन्दोलनमा आए। अर्कोतिर जेन जीको आन्दोलनमा सरकार विरोधी राप्रपा, रास्वपा, माओवादी समर्थक जेन जीहरु मिसिए। आन्दोलनले एकाएक शहरी विद्रोहको फ्यूजन गर्यो।
आन्दोलनले उग्र रुप लिएपछी अप्राकृतिक गठबन्धनमा रहेको अहंकारी नालायक सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए।
उता नेपाली सेना सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण कार्यालय जोगाउन नलागी ओलीलाई हेलिकोप्टर पठाई उद्धार गर्यो। त्यसपछि जेन जीहरुको मनोबल ह्वात्त बढ्यो भने प्रहरीहरूले के गर्ने नगर्ने आदेश पाउन सकेनन र जेन जीहरु हावी भए।
क्रमशः प्रदशनकारीको भिड राज्यका प्रमुख अंग कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षितरुपमा तोडफोड र आगजनीका घटना भए।
सो घटनामा हालसम्म ५१ जनाको मृत्यु र करिब १५०० जना घाइते भएका छन भने आन्दोलनले सरकार परिवर्तन भै जेनजीको समर्थनमा प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी छन। प्रतिनिधि सभा बिघटन भै फागुन २१ गते निर्वाचन मिति घोषणा भएको छ।
-नया अन्तरिम सरकारको चुनौती र जिम्मेवारी
प्रविधिमा हुर्किएका नया पुस्ता जेन जी, प्रधानसेनापति र राष्ट्रपति सहित बसी जेन जीको समर्थनमा गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको अब निम्न चुनौती र जिम्मेवारी रहेको छ।
१. समयमै तोकिएको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता सुम्पिने,
२.आन्दोलनको क्रममा मृत्यु भएका मृतक र घाइतेलाई उचित न्यायको लागी राहत, क्षतिपूर्तिसहित उपचार गर्ने गराउने,
३.आगजनी र तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनःर्निर्माण, पुनःस्थापना, सुरक्षा र संरक्षण गर्ने,
४. Gen- z आन्दोलनको छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्ने,
५. उच्च स्तरीय संविधान संशोधन आयोग गठन गर्ने।
६.भ्रष्टाचार हटाई प्रतिक्रान्ति रोक्ने र सुशासन कायम गर्ने
अन्त्यमा, नेतृत्व विहीन, गैरराजनितिक चरित्रको सुचना प्रविधिमा घुलमिल हुने Gen z पुस्ता हो।स्वेच्छाचारी ढंगले सञ्चालित भ्रष्ट सरकारको जनता विरोधी कामकारवाही विरुद्ध जेन जी (Generation z) को आन्दोलन सडकमा आयो।
आन्दोलनले घुस काण्ड, मानव तस्करी काण्ड, कुलमान बर्खास्त काण्ड, सहकारी काण्डमा मुछिएको सरकार परिवर्तन गरी निर्वाचन गराउने अख्तियारीका साथ अन्तरिम सरकार गठन गर्यो ।
प्रतक्ष्य निर्वाचित सरकार प्रमुख, निर्वाचन प्रणाली, संघीयताका मोडेल, न्यायप्रणाली जस्ता प्रावधानमा जनताका संविधान प्रतिका असन्तुष्टी सम्वोधन गर्न जननिर्वाचित सरकारलाई जिम्मा दिनुपर्छ र राजनीतिक दलले राजनीतिमा पुस्तान्तरण लाई आमन्त्रण गरेमा जिन जी पुस्ताको आन्दोलनको सार्थकता हुनेछ।
सानु कार्की बस्नेत “सिता” सीता
अधिवक्ता
सहसचिव, झापा बार












