हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।

‘जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको’ भन्दै पाठकले राजीनामा दिएका हुन् ।

जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिने निर्णयमा पुगेको उनले बताएका छन्।

उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका छन् ।

उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ ।

२८ पुस २०७९ मा भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए। राप्रपाका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सघाएका थिए।

यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका भए पनि आधिकारीक पत्र भने पेस गरेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0