PRASIT-O-GRAPHS

झापा । विजयादशमीको दोस्रो दिन शुक्रबार पनि आफन्तसँग टीका–जमरा ग्रहण गर्नेको भीडभाड देखिएको छ।

विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा थापेपछि आज पनि मान्यजन भेट्न घर–घरमा जानेको चहलपहल बढेको हो।

दशैँघर वा पूजा कोठामा नौ दिनसम्म गरिएको पूजाआराधनापछि विजयादशमीका दिन प्रसादस्वरूप टीका–जमरा लगाइने परम्परा छ। यही क्रममा बिहीबार टीका लगाउन नभ्याएका भक्तजनहरूले शुक्रबार आफन्तजनकहाँ गएर प्रसाद ग्रहण गरेका छन्।

वैदिक विधिअनुसार घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी आश्विन शुक्ल दशमीका दिन टीका–जमरा थाप्ने परम्परा रहिआएको छ।

यस्तै, दशैँका दिन कुनै कारणवश टीका लगाउन नभ्याउनेहरूले आगामी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0