काठमाडौँ । जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले सबै राजनीतिक दललाई आगामी निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाका लागि सहभागी हुन आग्रह गरेका छन्।

शनिबार राष्ट्रपति भवनमा प्रधानमन्त्रीसहितको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन बहिष्कार भए देश थप जटिलतातर्फ जान सक्ने चेतावनी दिएका हुन्।

‘हिजो सर्वदलीय बैठक भएको भएर आज हामीलाई छलफलका लागि बोलाइयो, हामी २० जना जतिको टोलीसँग प्रधानमन्त्रीसहित छलफल भयो, निर्वाचनमा पुराना दल सहभागी नभएमा निर्वाचन नै नहुने अवस्था पनि आउन सक्ला भनेर हामीलाई पनि बलाउनुभएको, मेरो पनि अनुरोध के भने निर्वाचनमा चाहिँ सबै दलहरू आइदिनुहोस्, यो प्रक्रियामा कसैले कसैलाई रोक्ने वाला छैन अधिकार छ, नयाँ शक्ति पनि उदाउँला देश जनताले छाने भने तपाईँ नै निर्वाचित हुनुहोला तर स्वच्छ प्रतिस्पर्धा हुन्छ आउनुहोस्,’ उनले भने ।

सबै जेनजी समूह नसमेटिएको भन्दै भएको विरोधमा भने उनले त्यो विषय छलफलका लागि बोलाउनेको रहेको भन्दै उम्किए । उनले थपे ‘हालको सरकारको मन्त्रीमण्डलमा जेनजी पुस्ता हुनैपर्छ, सडकको रगत क्याबिनेटसम्म त पुग्नै पर्‍यो त्यसमा हामी अडिग छौँ आज पनि मैले सोधेँ हुन्छ भन्ने जवाफ आएको छ ।’

तर विभिन्न सञ्चार माध्यममा आइरहेका मन्त्रीको नामावलीबारे भने आफूलाई जानकारी नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0