शिवसताक्षी । गत असोज १८ र १९ गते आएको अविरल वर्षासँगैको बाढीले शिवसताक्षी नगरपालिकाका विभिन्न वडामा क्षति पुर्‍याएपछि बाढीपीडित परिवारहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले शिवसताक्षी नगर प्याब्सनले राहत सहयोग हस्तान्तरण गरेको छ।

नगर प्याब्सनको तर्फबाट रु ३० हजार रकम नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङ्गलगायतले नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई हस्तान्तरण गरेका हुन् ।

नगर प्याब्सनले बाढीपीडित परिवारको दुःखमा साथ दिँदै राहत कार्यमा आफ्नो सानो योगदान रहोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ।

नगर प्रमुख थोप्राले सहयोगका लागि नगर प्याब्सनप्रति आभार व्यक्त गर्दै उक्त रकम प्रभावित परिवारसम्म पुग्ने सुनिश्चितता दिने बताएका छन्। उक्त रकम नगरको विपत व्यवस्थापन शाखामा जम्मा गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0