काठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव भएको छ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औँ महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका छन्।

अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ ।

एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।

यसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0