शिवसताक्षी । नेकपा एस निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गोविन्द लुवागुन सर्वसम्मत चयन भएका छन् ।
झापाको सुरुङ्गामा आज सम्पन्न भेलाबाट लुवागुनको नेतृत्वमा नयाँ नेतृत्वसहित समिति चयन गरिएको हो ।
जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएकी छिन् ।
त्यस्तै जिल्ला सदस्यहरुमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राई चयन भएका छन् ।
नेकपा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं।१ का इन्चार्ज तीर्थ सिग्देलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल, प्रत्युस राना, जिल्ला सचिवालय सदस्य पशुराम शंखर, संगठनका संस्थापक केन्द्रीय सदस्य लिला बराल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, दिलीप थापा, नेकपा एसका कन्काइ नगर अध्यक्ष प्रतिक राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।












