अर्जुनधारा । बाढीले क्षति पुर्याएको बिरिङ खोलाको पुल क्षेत्र हुँदै साना सवारीसाधनको आवतजावत सहज बनाउन अर्जुनधारा नगरपालिकाले अस्थायी डाइभर्सन निर्माण गरेको छ।
वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेत र वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडाको उपस्थितिमा नगर प्रमुखको सचिवालय र प्रविधिक टोलीले संयुक्त रूपमा डाइभर्सन निर्माण कार्य सम्पन्न गरेको हो। नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार भोलि बिहानदेखि साना गाडी र मोटरसाइकलको आवतजावत सहज हुने भएको छ।
यसअघि सो स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्सन पछिल्लो बाढीले बगाएको थियो। सो स्थानमा रहेको पक्की पुल दुई वर्षअघि आएको बाढीले क्षति पुर्याएको र यस वर्षको बाढीले करिब एक तिहाइ भाग पुनः बगाएको छ।
पुलको स्थायी पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा र यात्रुहरू लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका थिए। अस्थायी डाइभर्सन निर्माणपछि स्थानीयले अब सहज रूपमा यातायात सञ्चालन गर्न सक्ने भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













