दमक । लामा कार्की वंश सेवा संस्था दमकले  आफ्नो प्रथम नगर सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ । मंगलबार दमकस्थित धनेश्वर मन्दिरको सभाहलमा सम्पन्न सम्मेलनले संगठनात्मक संरचना निर्माण गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनले राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नगर कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको छ । नवगठित समितिमा उपाध्यक्ष मेनुका कार्की (वडा–९), सचिव चेतन कार्की, सहसचिव बुद्धिमान कार्की र कोषाध्यक्ष बेनु कार्की चयन भएका छन् । अन्य २० जना सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको नव–निर्वाचित कोषाध्यक्ष बेनु कार्कीले जानकारी दिए ।

कार्यक्रममा नगरका प्रत्येक वडामा वडा संयोजक तोक्ने र वडा समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।
नव–निर्वाचित अध्यक्ष राजकुमार कार्कीका अनुसार, समितिले लामा कार्की वंशबीचको एकता, भाइचारा र बन्धुत्वको भावना मजबुत बनाउने, ज्येष्ठ माता–पिताहरूप्रति सम्मान प्रकट गर्ने तथा विभिन्न सामाजिक सेवा र सामुदायिक गतिविधि सञ्चालन गर्ने योजना अघि सारेको छ ।

कार्यक्रममा ७० भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो । सम्मेलनको सञ्चालन सचिव चेतन कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0