झापा । नेकपा (एमाले)ले सञ्चालन गरेको देशव्यापी जनजागरण अभियानअन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्ला अधिकांश पालिकाहरुमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । लोकतन्त्रको जगेर्ना र संविधानको रक्षा गर्न एमाले सडकमा आएको नेताहरुको धारणा छ ।

झापाको मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका र झापा, गौरीगञ्ज, कमल गाउँपालिकाले मोटरसाइकल र्याली गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।

हल्दिवारीमा नेकपा एमालेले कृषिमा भएको क्षतिको राहत माग्दै कोणसभा गरेको छ भने बुद्धशान्ति गाउँपालिकाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सचिव कार्कीले जानकारी दिनु भयो ।

यसअघि बिर्तामोड, दमक, अर्जुनधारा, कचनकवल गाउँपालिकाले मोटरसाइकल र्याली गरेका थिए । बाह्रदशी गाउँपालिकाले आगामी मंसिर १ गते क्षेत्र स्तरीय जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । जिल्लाका सबै पालिकाहरुमा शक्ति प्रदर्शन गरेको एमालेले कात्तिक २९ गते जिल्लास्तरीय जनजागरणसभा बिर्तामोडमा आयोजना गर्दैछ ।

जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड लगायत अपराधिक काममा सक्रिय व्यक्तिहरुलाई यथासक्य कानुनी कारबाहीको माग गरिएको छ । नागरिकको सुरक्षामा जोखिम भएको जनाउँदै एमालेले सरकारसँग सुरक्षा प्रवन्ध मिलाउन प्रदर्शनका क्रममा अपील समेत गरेको छ ।

यता झापाको शिवसताक्षीमा पनि बृहत मोटर साइकल रयाली निकालिएको छ । नगर अध्यक्ष मेदनी दंगालको नेतृत्वमा निकालिएको र्याली दुधे बजारबाट सुरु भएर झिलझिले, जनता हुँदै शिवगञ्ज आएर कोण सभामा परिणत भएको थियो ।

शिवगञ्जमा सम्पन्न कोणसभामा राष्ट्रिय युवा सङ्घ नेपाल, झापा अध्यक्ष फुर्वा लामाले हालैको ‘जेन्जी आन्दोलन’ एमालेविरुद्ध नियोजित रहेको आरोप लगाए। उनले आन्दोलनपछि एमाले नेतामाथि भएको आक्रमणको कडा विरोध गर्दै त्यसले लोकतान्त्रिक संस्कृतिमाथि आघात पुर्‍याएको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष मेदनी दङ्गालले र सहजीकरण उपसचिव सागर थुलुङ राईले गरेका थिए। सभामा स्थानीय नेताहरूले जनजागरण अभियानले संगठन सुदृढीकरण र मतदातासँगको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरे।  र्यालीमा १३ सय बढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0