शिवसताक्षी । ६१ औं वाल दिवसको अवसर पारेर शिवसताक्षीमा आयोजित नगर स्तरीय गायन प्रतियोगितामा आर्यन बराइली प्रथम भएका छन् ।
वडा बालसञ्जाल शिवसताक्षी २ को आयोजनामा भएको गायन तथा नृत्य प्रतियोगितामा गायन तर्फ बराइली प्रथम भएका हुन् ।
त्यस्तै रोषनी कार्की र विराज विकले दोश्रो र तेस्रो स्थान हासिल गरेको वडा बालसञ्जाल अध्यक्ष सुसन भण्डारीले जानकारी दिए ।

त्यस्तैगरी नृत्य विधातर्फ भगवती माध्यमिक विद्यालय प्रथम, विज्ञान एकाडमी दोस्रो र निम्बस इग्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ ।
दुवै विधा तर्फका प्रथम, द्वितीय र तृतीयलाई प्रमाण पत्र तथा मेडल वितरण गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राधाकृष्ण खनाल, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिक्षा अधिकृत छवि ढकालले लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कालाकारहरु सिद्धान्त खड्का र सोहन बराइलीको बेजोड प्रस्तुती रहेको थियो ।
शिवसताक्षी नगरपालिका वडा नं. २ का बाल सञ्जालका अध्यक्ष सुसन भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।













