काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने बताएका छन् । थापाले पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध गर्दै निर्वाचनमा नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका सहित निर्वाचनमा जाने उनको दाबी छ ।

मंगलबार दिउँसो एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि यसपटक कसैसँग नझुक्ने पनि बताए। भने, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’

कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।

चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने बहसभन्दा पनि पार्टीलाई रूपान्तरण गर्ने कि नगर्ने भन्नेमा अहिले बहस भइरहेको महामन्त्री थापाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0