oplus_1024

झापा । अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छिन्।

अनेम संघ झापाको हिजो सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो।

कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी रेणुका तथा सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ। जसको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा गरिनेछ र सोही दिन दिउँसो १ बजे शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0