काठमाण्डौ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा पोखरा मैदान उत्रन तयार छ भने राष्ट्रिय टिमका उपकप्तान तथा बल–ब्याट–फिल्डिङमा समान रूपमा दक्ष दीपेन्द्रसिंह ऐरीले सुदूरपश्चिमलाई नेतृत्व गर्दैछन्। यी दुई स्टार खेलाडीका कारण आजको खेल विशेष रूपमा आकर्षक देखिएको छ।

अंकतालिकामा पोखरा अझै अंकविहीन छ, त्यसैले आजको खेल उनीहरूका लागि पुनरागमनको अवसर हो। अघिल्लो सिजनका उपविजेता सुदूरपश्चिम भने पहिलो जितपछि दोस्रो जितको खोजीमा छन्।

एनपीएलमा आजको भिडन्तले दुवै टिमको यात्रामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले कीर्तिपुरमा रोचक प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0