काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था कायम राख्नका लागि बनेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जिकिर गरे, ‘यो कसैको विरुद्धमा बनेको होइन। यो स्वयंसेवक फोर्स राष्ट्रिय हितका लागि गठन भएको हो।’

उनले थपे, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यस सङ्गठनसँग असहमति गर्नेका लागि पनि जिउधनको सुरक्षा सुनिश्चित गर्न यो गठन गरिएको हो । यसको अस्तित्वसँग कोही पनि डराउन वा आत्तिन नपरोस्।’

ओलीका अनुसार, राज्य संयन्त्रले मात्र शान्ति र सुव्यवस्था कायम राख्न नसक्ने अवस्था आएको छ। ‘देशमा शान्ति सुव्यवस्था कायम राख्न यो फोर्स आवश्यक भएको हो । औद्योगिक प्रतिष्ठानको सुरक्षा र जन साधारणको संरक्षण सुनिश्चित गर्न राज्य संयन्त्र पर्याप्त छैन,’ उनले भने ।

अध्यक्ष ओलीले फोर्सका स्वयंसेवकहरूलाई अनुशासित ढङ्गले काम गर्ने र हिंसा, आतङ्क, तोडफोड तथा लुटपाटविरुद्ध सक्रिय हुने निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0