शिवसताक्षी । हर्क साम्पाङ श्रम संस्कृति पार्टीले शिवसताक्षी नगर समिति गठन गरेको छ। शिवसताक्षी–११ झिलझिलेका युवा नरविर फागो (भाग्य) को संयोजकत्वमा १०१ सदस्यीय नगर समिति चयन गरिएको हो।

शिवसताक्षी नगरपालिका भरिका श्रमदाताहरूको उपस्थितिमा शिवसताक्षी–८ झिलझिलेस्थित शिव मन्दिर, साई मन्दिर र परुहाङ सुंगनिमा माङहिम वरपर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै समिति गठन घोषणा गरिएको थियो।

फागोसँगै भेलाले उपसंयोजकमा सन्तोष पौडेल, महेश राई र मिलनकुमार राई सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा सन्तोष थेगिम, कोषाध्यक्षमा आशा योङहाङ लिम्बू रहेका छन् भने सह–सचिवको पद रिक्त राखिएको छ । उक्त पदमा अन्य छुट भएका वडाहरुबाट सह–सचिव मनोनयन गर्ने नवनिर्वाचित समितिले जनाएको छ ।

संयोजक नरविर फागोले अब छिटै शिवसताक्षी नगरपालिकाका सबै वडाहरुमा श्रम संस्कृति पार्टीको वडा समिति गठन गरिने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रसाद राई र समीर तामाङको विशेष उपस्थिति रहेको थियो। भेलाले स्थानीय श्रम, संस्कृति र समुदायलाई संगठित गर्दै नयाँ नेतृत्व चयन गर्ने तथा श्रम–संस्कृति अभिवृद्धिका कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको जनाएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1