झापा । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदी डम्बरबहादुर मगर (शम्भु मगर) पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका झापा शिवसताक्षी–११ शेर्माटोलका ४५ वर्षीय मगर २०८२ भदौ २४ गते झुम्काबाट भागेका थिए।

शुक्रबार बिहान करिब १२:१० बजे इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले घरमै लुकिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार, सुनसरीमै पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0