काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई वर्तमान राजनीतिक गतिरोधबाट निकास दिन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्।

भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई लिखित मन्तव्यमार्फत सम्बोधन गर्दै अध्यक्ष ओलीले देश गम्भीर संवैधानिक संकटमा फसेको दाबी गरे।

उनले अनधिकृत र असंवैधानिक सिफारिसका आधारमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गरी संवैधानिक सरकार गठन गर्नुपर्ने र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माणको बाटोमा जानुपर्ने बताए।

अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यशैली तथा पार्टीको आन्तरिक जीवनबारे पनि धारणा राखेका थिए। उनले वर्तमान सरकारले जालझेल र प्रतिशोधको राजनीति अंगालेको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले निर्णायक शक्तिका रूपमा उभिने उद्घोष गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0