शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गर्दै आफ्नो २० औं स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालयमा दूधेमा एक समारोहका बीच २०औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा ४७ जनालाई सम्मान गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०८१ ÷८२ मा कारोबार गर्ने साधारण बचत तर्फ अनिता श्रेष्ठ, खुत्रुके बचत तर्फ पवित्रा राजवंशी, प्रदिप कार्की, बाल बचततर्फ सृजना मैनाली, ज्येष्ठ नागरिक तर्फ दिननाथ गौतम, आवाधिक बचत युवराजतर्फ आङदेम्बेलाई सम्मान गरिएको हो । त्यस्तै असल कारोबार गर्ने खगेन्द्र पोख्रेल, अनुराधा सुहाङ, मनसुन कुमारी चौधरी, प्रमलाल राज राजवंशीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाले एकल महिला तथा ७०वर्ष माथिका २३ जना शेयर सदस्य बृद्ध बद्धालाई ज्येष्ठ नगारिक भत्ताको रुपमा जनही एक हजार वितरण गर्दै सम्मान गरिएको संस्थाका व्यवस्थापक प्रकाश चन्द्र पोख्रेलले बताउनु भयो । कार्यक्रममा असल कर्मचारीको रुपमा देवीका घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्र्यक्रममा शिवसताक्षी नगरपालिकाका सहकारी प्रमुख डिल्ली नेपालले सहकारीले वित्तीय क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै क्यू आर सेवा विस्तार गर्न लागेकोमा धन्यवाद दिनुभयो । उहाँले सहकारी संस्थाहरुले पछिल्लो समय विभिन्न कारणले धेरै चुनौतिका बीच पनि केही संस्थाहरु दविर्लो र आफ्ना सदस्यहरुलाई सेवा पुर्याउँदै आएको बताउनु भयो ।

संस्थाका अध्यक्ष विष्णुलाल भट्टराईले संस्थाको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै संस्थाले हालसम्म २७ सय सदस्य शेयर पुर्याउन सफल भएको बताउनु भयो ।

संस्थामा हालसम्म १ करोड, ८७ लाख ७९ हजार ९०० शेयर पुँजी रहेको छ । त्यस्तै कुल बचत तर्फ १३ करोड ९८ लाख ८७ हजार ४६७ रहेको र कुल ऋण लगानी १३ करोड, १ लाख ८१ हजार ६९४ रहेको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष यादव गिरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0