झापा । नेकपा एमालेको एघारौँ महाधिवेशनमा झापाका ईन्द्रप्रसाद भण्डारी केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्। दमक नगरपालिका–६ निवासी भण्डारी कोशी भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय भण्डारी अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगीका रूपमा परिचित छन्। पार्टी तथा अध्यक्ष ओली कठिन अवस्थामा पर्दा समेत उनी निरन्तर संगठनात्मक काममा सक्रिय रहँदै साथ दिँदै आएका छन्।
अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला भण्डारीले दुई पटक प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै ‘समृद्ध नेपाल’को अभियानमा सहयात्रीको भूमिका निर्वाह गरेका थिए। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारी नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुँदै सम्पर्क मञ्चका केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
हाल पार्टी केन्द्रीय कमिटी सदस्य रहेका भण्डारीको उम्मेदवारीलाई संगठन निर्माणमा लामो अनुभव र योगदानको निरन्तरता मानिएको छ।












