काठमाडौँ । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। नौ जना सचिव पदका उम्मेदवारमध्ये सबै ओली प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् ।

सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । उनले १५४४ मत ल्याएर विजयी भए । दोस्रो धेरै मत ल्याउनेमा पद्माकुमारी अर्याल रहेकी छन्। उनले १५३० मत प्राप्त गरिन् ।

तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा छन् । उनले १५०६ मत ल्याएका छन् । यसै गरी सचिवमा शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0