झापा । झापा शिवसताक्षीको झिलझिलेमा प्रदेश स्तरीय युवा नेतृत्व प्रशिक्षण तालिमको समापन गरिएको छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषदको आयोजनामा वाटर किङ्डम पार्क झिलझिलेमा तीन दिवशीय प्रशिक्षणको आज समापन गरिएको छ ।

प्रदेशको विभिन्न पालिकाहरुबाट छनोट भई आएका स्काउटर विद्यार्थीहरुको क्षमता र नेतृत्व विकासलागि तालिम गराइएको नेपाल स्काउट स्काउट कोशी प्रदेश युवा परिषदले जनाएको छ ।

तालिमको उद्घाटन शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गर्नु भएको थियो । आज प्रदेश सांसद राधाकृष्ण खनालले उक्त तालिमको समापन गर्नुभएको हो ।

तालिमको समापनमा बोल्दै संसाद खनालले युवालाई विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्ने वातावरण निर्माणका लागि तालिमको भूमिका रहने बताउनु भयो । अब हरेक क्षेत्रमा युवाहरु अग्रर हुनुपर्दछ र सकारात्मक भूमिका निर्वाह गर्न तालिमले सहयोग पुर्याउने विश्वास लिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश आयुक्त हेम्मत भण्डारी, शिवसताक्षी नगरपालिका आयुक्त डिगम पराजुलीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ४२ जना सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम सफल पार्न सहयोगीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश माननीय छवि चुडाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले उपस्थिति रहेको थियो । कार्यक्रम कोशी प्रदेश युवा परिषदका अध्यक्ष किरण बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0