बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालयले झापाको विभिन्न स्थानमा कुकुरको सहायतबाट सुरक्षा जाँच गरेको छ । प्रदेश प्रहरी अन्तर्गत केनाइन् शाखा धरानले दुई वटा कुकुरको सहायतामा जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच गरेको झापा प्रहरीले जनाएको छ ।
दमकबाट सुर गरिएको जाँच बिर्तामोड नगरपालिका वडा न.४ पश्चिम बस स्टेन्ट, गिरिबन्धु टि–स्टेटको आसपास, मेचीनगर नगरपालिका वडा नं.६ बसपार्क, मेची पुलको क्षेत्रहरुमा कुकुर परिचालन गरिएको थियो ।
बिभिन्न अपराधिक गतिबिधीहरु, लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग गर्ने उद्देश्यले कुकुर परिचालन गरेर सुरक्षा जोखिमको जाँच गरिएको हो ।
प्रहरीले रेन्जर नाम गरेको कुकुर मार्फत विष्फोटक पदार्थ र पिङ्कु मार्फत लागुऔषधको खोजी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












