काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
दलको नेताको टुंगो सर्वसम्मत रूपमा लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मा को नेतृत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले आन्तरिक छलफलपछि आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको जनाएको छ ।
कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने समझदारी बनिसकेको छ । उनी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।
यसअघि संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी ले पनि इच्छा व्यक्त गरेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित सांसद तथा पूर्व सहमहामन्त्री हुन् ।
पार्टीभित्र सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल भएसँगै अब आङ्देम्बे औपचारिक रूपमा संसदीय दलको नेता बन्ने लगभग निश्चित भएको छ ।












