राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।

नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिए।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ ।

विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए ।

कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0