काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि देशभर मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गर्दै नन ग्रेड भएका विद्यार्थीलाई अवसर दिन मौका परीक्षा आयोजना गर्ने निर्णय गरेको हो।
यस वर्ष सार्वजनिक भएको नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार न्यूनतम ग्रेड नपुगेका विद्यार्थीहरू मौका परीक्षामा सहभागी भई आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












