काठमाडौँ । नेकपा एमालेले पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपाध्यक्ष ईश्वर पोखरेल, पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्व उपमहासचिव प्रदीप ज्ञवाली लगायतलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

आज बसेको सचिवालय बैठकले नेताहरू थममाया थापा, विमला घिमिरे, काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

आजको सचिवालयले ७ जनाको नाम टुंगो लगाएको र बाँकी सदस्यहरु अर्को बैठकले निर्धारण गर्ने बताइएको छ । सचिवालय बैठक लगत्तै बसेको केन्द्रीय कमिटी बैठकले उनीहरू सबैको नाम अनुमोदन गरेको जनाइएको छ ।

त्यस्तै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ । भण्डारीको वरीयता अब केपी ओली पछिको दोस्रो रहनेछ।

२१ फागुनको निर्वाचन पछि पूर्वसभामुख घिमिरे पार्टीको कुनै जिम्मेवारीमा थिएनन् । केपी ओलीसँग अध्यक्षमा पराजित पोखरेल केन्द्रीय सदस्यका रुपमा थिए भने महासचिवको दावी गरेका ज्ञवालीलाई ओलीले उपाध्यक्षको पदमा बस्नुपर्छ भनेपछि केन्द्रीय सदस्य पदमा मात्र मनोनयन गरेर सबैभन्दा धेरै मत प्राप्त गरी विजयी बनेका थिए ।

पूर्वउपसभामुख तुम्बाहाम्फे दक्षिण कोरियाका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फिर्ता बोलाइए पछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0