ताप्लेजुङ। मेरिङदेन गाउँपालिका ३ दोभानमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० घर जलेका छन् भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

करिब ५० घर धुरीसहितको बाक्लो गाउँमा लागेको आगलागीको कारण खुल्न नसकेको सशस्त्रका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए।

आज बिहीबार दिउँसो लागेको आगो नियन्त्रण गर्न घटनास्थलमा सैनिक, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0