बिर्तामोड । बिर्तामोड नगरपालिकाले श्रमिक हितकोषमार्फत दुई श्रमिक परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ।
शुक्रवार नगर प्रमुख तथा श्रमिक हितकोष अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आयोजित एक संक्षिप्त कार्यक्रमबीच सहायता रकम हस्तान्तरण गरिएको हो।
मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई ५० हजार रुपैयाँ र कचनकवल–१ निवासी स्व. धरम चन्द राजवंसीकी श्रीमती गीता राजवंसीलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको नगरपालिका स्रोतले जनाएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आर्थिक रुपमा कमजोर भएका श्रमिक र उनीहरूको परिवारलाई लक्षित गर्दै श्रमिक हितकोष प्रभावकारी ढंगले सञ्चालन भइरहेको बताउनुभयो। उहाँले स्वास्थ्य समस्यामा परेका श्रमिकलाई यस्ता सहायता कार्यक्रमले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो।
सहायता वितरण कार्यक्रममा कोषका उपाध्यक्ष यज्ञ प्रताप अधिकारी, सचिव होमनाथ महराई, सदस्य अम्बीर कुमार लिङ्देनलगायतको उपस्थिति रहेको थियो।
बिर्तामोड नगरपालिकाले श्रमिक हितकोषमा सूचीकृत श्रमिकहरूलाई स्वास्थ्य उपचार लगायतका समस्या पर्दा निरन्तर आर्थिक सहायता प्रदान गर्दै आएको छ।












