शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर सदस्यबाट ७४ लाख ५१ हजार ५०० रुपैयाँ शेयर पुँजी संकलन भएको अध्यक्ष दुर्गादेवी मगरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०८०/०८१ सम्ममा २७...