शिवसताक्षी । झापाको शिवसताक्षीको वडा नं. ११ राजमार्ग उत्तरका एक किसानले पानीको अभावको बाबजुत पनि चैते धान रोप्ने गरेका छन् । वडा नं. ११का आकाश शिवाकोटीले सानो मोटरको भरमा वर्षेनी चैते धान लगाउने गरेका छन् । शिवसताक्षीको उत्तरी क्षेत्रमा पानीको स्रोत नहुँदा किसान मारमा परेका छन् ।
इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका किसानले लगाएको धान पाकेर पहेंपुर सुन्दर दृष्य देखिएको छ । यहाँ  प्रशस्त धान खेती हुने गर्छ। फिक्कल बजारबाट करिब आठ किलोमिटर उत्तरपूर्वमा अवस्थित यस गाउँमा क्षेत्री, ब्राह्मण, राई, लिम्बू, तामाङ र दर्जी समुदायको बाक्लो बसोबास छ। हालै स्थानीय सरकारले सडक कालोपत्रे गरेपछि गाउँले उत्साहित छन्। उनीहरूका अनुसार बाटो सुधारिएसँगै खेतीका सामग्री ओसारपसार सहज भएको छ। तर,...
मनकुमार गदाल झापाको स्थानीय तहहरुमध्ये शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय दृष्टिले सम्पन्न छ । दर्जनौं धार्मिक एवम् पर्यटकीय स्थल रहेको शिवसताक्षी आन्तरिक एवम् बाह्य पर्यटहहरुको हरेक दिन स्वागत गरिरहेको हुन्छ । नगरभित्र रहेको दोमुखा पर्यटकीय स्थल झापाको शिवसताक्षी नगरपालिकाको मात्र आकर्षणको केन्द्र नभई कोशी प्रदेशकै आकर्षणको केन्द्र बन्दै गएको छ । शिवसताक्षीको धार्मिक तथा अन्य पर्यटन प्रवद्र्धन अहिले तीव्र गतिमा विकास...