ललितपुर । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनशिप आज शुरु भएको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरे।
प्रथम महिला राधिका शाक्यसहित पुगेका प्रधानमन्त्री ओलीले एपिएफ क्लब, नेपाल र ब्लाक बल्ट बुल्स क्लब, उज्वेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेका थिए।
पहिलो खेलमा एपिएफले ब्लाक बल्ट बुल्स क्लबलाई ४–३ गोलअन्तरले पराजित गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकारहरु बद्री पंगेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












