काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे ।

गौतमले २०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0