काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि विभिन्न स्थानमा सुरक्षाका लागि खटिएका ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजनाहरू तथा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका ४४ जना सैनिक सम्पर्कविहीन भएका हुन्।

‘अहिले नेपाली सेनाका ४४ जना हराइरहेको अवस्था छ। खोजी कार्य भइरहेको छ,’ बस्नेतले भने, ‘उनीहरू त्यहाँका हाइड्रो र राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका थिए।’

सम्पर्कविहीन सैनिकहरूको खोजी तथा उद्धार कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0