शिवसताक्षी । झापा शिवसताक्षी ९ स्थित दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले आज शिवसताक्षी ४ स्थित बोलोचोक बजार सरसफाई गरेको छ ।
सहकारीले बोलोचोक सेवा केन्द्र अन्तर्गत बजार सरसफाई गर्दै फोहोर मैला व्यवस्थापनका लागि पाँच थान डस्विन वितरण गरेको हो । आदर्श साकोसको आयोजना र वडा नं. ४ को संयोजनमा डस्विन वितरण गरिएको आदर्श साकोसका व्यवस्थापक प्रकाश प्रोख्रेलले जानकारी दिए ।
डस्विन वितरण गर्दै वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले सहकारीले डस्विन मात्र वितरण गरेको नभई बजार सरसफाई गर्नु पर्छ भन्ने कुरा उजागर गरेको बताए । उनले आज मात्र होइन बजारबासीले हप्तामा दुई दिन बजार सरसफाई अनिवार्य रुपमा गर्नु पर्ने निर्देशन दिए । सहकारीको कामको उनले प्रशंसा गरेका थिए ।
आदर्श साकोसले २०७६ सालदेखि बोलोचोकमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । शिवसताक्षीका दक्षिणी क्षेत्रका सदस्यहरुलाई सेवा दिने उद्देश्यले सहकारीले सेवा केन्द्र विस्तार गरेको व्यवस्थापक पोख्रेलले जानकारी दिए । उनले शिवसताक्षीमा रहेका अधिकांश सहकारीहरु राजमार्ग केन्द्रित छन् । तर आर्दश साकोसले ग्रामिण भेगका नागरिकहरुलाई समेत सेवा पु¥याई रहेको बताए । सहकारीले विभिन्न समयमा शिवसताक्षी क्षेत्रमा भित्र सामाजिक काम गर्दै आएको छ । सरसफाई कार्यक्रममा सहकारीका कार्यसमिति तथा बजारबासीको उपस्थिति रहेको थियो ।












