दिदीबिहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीले काठमाडाैँकाे रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ​परिसरमा आइतबार भाइटिका लगाउँदै । याे मन्दिर वर्षमा एकदिन मात्र खुला हुने गर्दछ । तस्बिर : नवीन पाैडेल / रासस

काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्केर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान परेको छ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने २४ गते मंगलबार गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ ।

कात्तिक २४ गते नै नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0